काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित भवन उद्घाटन गरिएको जानकारी दिएका छन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए ।
उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए । ‘कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो । झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ । यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिसावले हेर्दाखेरी कम्पनीको आफ्नै भवन बनाउन पाउँदा आभारी समेत छौं ,’ उनले भने ।
अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बीमा क्षेत्र अहिले परिपक्व अवस्थामा पुगेको बताए । उनले स्वदेशमै सीमित नरही बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
यसैगरी उक्त भवन उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि विस्तार भएमा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे । उनले व्यवसायले सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र अर्थतन्त्र सुदृढ बनाउन योगदान पु¥याउने उल्लेख गरे ।
उनले भने, ‘व्यवसायीक एक्टिभिटीहरु बढ्यो भने चाँही रोजगारी सिर्जना हुन्छ । त्यसले दिने सर्भिस, विकासका पूर्वाधारहरु र आभोरल अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि यसरी नै अगाडि बढ्नुपर्छ ।’
उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आगामी दिनमा व्यवसाय विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्ने बताएका छन् ।