रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ ।
पछिल्लो ६,५४१ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् ।
प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका गणेश पौडेलले ३,३८९ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले १,१९३ मत प्राप्त गरेका छन् । पौडेल र तिमल्सिनाबीचको मतान्तर २,१९६ पुगेको छ ।
त्यस्तै, प्रतिस्पर्धामा नेकपाका रामकुमार भट्टराई १,१७० मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार रामजी साहले २५४ मत मात्र प्राप्त गरेका छन् ।
जनमत पार्टीका उम्मेदवार राम कल्याण राउत १७ मत, आम जनता पार्टीका उम्मेदवार ऋषिराज धमला १७ मत र जसपाका उम्मेदवार राजकुमार दास तत्मा १२ मत प्राप्त गरेका छन् ।
गणना भएको कुल ६,५४१ मतमध्ये ३११ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रास्वपाको यो सुरुवाती ‘क्लीन स्वीप’शैलीको अग्रताले रौतहट ४ मा चुनावी नतिजा रोचक मोडमा पुगेको छ ।