सप्तरी । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा मत गणना जारी छ।
हाल खडक नगरपालिका वडा नं १ र २ मा मतगणना जारी छ । हालसम्म कुल २,९३६ मतपत्र गणना गरिएको छ ।
उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् भने छाता पार्टीका डा.बाबी सिंहले ३८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सिताराम साहले १,६८५ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा १५१ मत बदर भएका छन् ।