बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन् ।
बाजुराको हिमाली,खप्तड छेडेदह र बुढीगंगा नगरपालिकाको मतगणना सकिदा कांग्रेसका जनकराज गिरीले रुख चिन्हमा ५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्प्रर्धी एमालेका लाल बहादुर थापाले ५ हजार ५ सय ६ मत पाएका हुन् ।
कांग्रेसका गिरी एमालेका थापा भन्दा ४ सय १५ मतले अग्र स्थानमा छ्न् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार १ सय ६९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
नेकपाका प्रकाश बहादुर शाहले ७ सय ३६ मत प्राप्त गरेका छन् । त्यस्तै केशर शाहीले हलो चिन्हमा १ सय १०,दिपक डीसीले आँखामा ८३,भुपेन्द्र विक गुलाफमा ७२ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७ मत पाएका छन् ।
बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।