नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट पराजित हुनुभएको र सिङ्गो पार्टी पराजित भै जोड्दार धक्का लागेकोमा ०३४ साल देखि अविचलित यही आन्दोलनमा रहेको कारण मलाई अत्यन्त दुस्ख लागेको छ ।
राजनीतिमा जीत हार सामान्य भए पनि तपाईं प्रधानमन्त्री हुँदा ०७६-०७-२९ देखि २०७८-०३-२८ सम्म सल्लाहकार समूहमा (अवैतनिक) रही ईमान्दारिकासाथ काम गरेको कारणले पनि केही सुझाव दिने चेष्टा गरेको छु ।
तपाईंसंग छुटेको मिति ०७८-०३-२८ देखि भेटेको छैन र कहिल्यै भेट्न पनि खोजिन । कारण धेरै छन्,अहिले त्यता नलागौं ।
आदरणीय अध्यक्षज्यू,कि सच्चिनुस् कि योभन्दा अझ बढी सक्किनुस्,पार्टीलाई पनि सक्काउनुस्

लेखक–वरिष्ठ अधिवक्ता बाबुराम दहाल
अहिले कसैले पार्टी छोडेका छैनन्,मात्र यता उता भएको हो । यो रिकभर हुनसक्छ । त्यसका लागि केही सुझाव दिँदैछु । तपाईं भर्खर फेरि अध्यक्ष हुनु भएको,हिम्मत र जोश हेर्दा अध्यक्ष छोड्ने हैन होला । अतस् यी सुझाव तत्काल कार्यान्वयन गर्नुहुने आशा गरेको छु ।
१.तपाईसंगै भएका पात्रहरूमध्ये धर्मपत्नी आदरणीय राधिका शाक्यबाहेक अरू कोही पनि सतप्रतिशत आफ्ना मानिस होइनन्, छैनन् ।
३.तत्काल पार्टीको बिशेष महाधिवेशन डाक्नुहोस् । आधा काम नलाग्ने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य फेर्नुहोस् । पिठ्ठु हैन,तपाईंसंग आँखा जुधाएर कुरा गर्न सक्ने योग्य ब्यक्तिहरूबाट पदपूर्ति गर्नुहोस् । तलका कमिटीहरू पनि त्यसैगरी पुनर्गठन गर्नुहोस् ।
४.केन्द्र र देशभरको पार्टी कार्यालय कार्यकर्ताको बनाउनुहोस्,हाकिमगिरी देखाउनेलाई नेता नबनाउनुहोस् ।
५.कसैलाई गाली नगर्नुहोस् र रूखो गालीकर्तालाई पार्टी जिम्मेवारीबाट हटाउनुहोस् ।
६.रातको २-३ बजेसम्म धेरैजसो चाप्लुसी गर्न आउनेहरूलाई नभेट्नु होस् ।
७.बिभिन्न भूगोल,सन्चार,कानून लगायत क्षेत्र पार्टी सदस्यहरूले मुखै हेर्न मन नपराउने मानिसहरूलाई जिम्मा दिनुभएको छ । तत्काल फेर्नुहोस् ।
८.पार्टी सदस्यहरू एकातिर,नेतृत्व अर्कोतिर छ,तालमेल छैन,नेतृत्व हाकिमी पाराको भएकोले कार्यकर्ताबाटै बिस्थापित छ । बिधान बमोजिम कथित माथिबाट नलादी स्वतन्त्र निर्वाचनबाट नेतृत्व चयन गर्ने सुनिश्चितता गर्निहोस् ।
९.एशियाकै ब्यवस्थित पार्टी जहाँको त्यहीँ छ,माथि लेखिएका कारणहरूले गर्दा अहिले पार्टीका पोलिङ्ग एजेण्टहरूले पनि भोट फेरेजस्तो छ ।
११.तपाइँको नाम जपेर खुशी पारी खाईजीविका चलाइरहेकाहरूलाई मेरो सुझाव पटक्कै मन पर्दैन,मलाई थाहा छ । तिनीहरूले तपाईंलाई भड्खारोमा हाल्दैछन् ।
१२.फेरि पनि भन्छु,प्रिय युवा जोश भएका आदरणीय अध्यक्षज्यू,कि सच्चिनुस् कि योभन्दा अझ बढी सक्किनुस्,पार्टीलाई पनि सक्काउनुस् ।
जन आस्थाबाट साभार