सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न (तस्विरहरु)

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आइतबार सम्पन्न भएको छ । बिहीबारबाट सुरु भएको रथयात्रा  लगनमा रहेको रथबाट देवताको मुर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगेसँगै रथयात्रा समापन भएको छ ।

सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, जनबहाल हुँदै लगनसम्म पुर्याइएको थियो ।