काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (IPO) बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज दिउँसो एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरेको हो।
कम्पनीले गत चैत ९ गतेदेखि १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ४ लाख २९ हजार कित्ता सेयर निष्कासन गरेको थियो।