नटुट्नु मन टुटेपछि ऊनको कुरा गर्नु हुन्न ।
बादलभित्र लुकिरहने जुनको कुरा गर्नु हुन्न ।।
मैले पनि सक्छु होला ऊनले भुल्न खोजेपछि ।
साँच्चै माया मार्छौ भने नुनको कुरा गर्नु हुन्न ।।
महलभित्र रमाउनेलाई झुपडिको मोह हुन्न ।
छाकै टार्न नसक्नेलाई सुनको कुरा गर्नु हुन्न ।।
सारो–गाह्रो पर्दा साथ मैले पनि दिएकै थिएँ ।
लेखा–जोखा हुन्न माया गुणको कुरा गर्नु हुन्न ।।
भोजन भन्दा भोकै मिठो जसोतसो टरेकैछ ।
पुगीसरि आएपछि घुनको कुरा गर्नु हुन्न ।
पोल्टो भर्दै ठीक छ सबलाई देश दुखेको देख्ने कसले ??
पेल्नेहरुले पेलेकै छन्, जनताको साथ दिने को छ ?
नेता नेता आफैँ लड्छन्, हत्या, हिंसा छेक्ने कसले ??
भ्रष्टाचारले जरो गाड्यो, विकास हुनु कता कता पैसा पाए कुर्सी बेच्छन्, दह्रो खुट्टा टेक्ने कसले ??
काँधमा काँध मिलाउनु छ, शहीदका घाउ दुख्दाखेरि पाए भने नूनचुक छर्छन्, सुम्सुम्याउँदै सेक्ने कसले ??