काठमाडौंमा मात्र १५० जना पक्राउ

  • Clock icon
    २०८२ चैत्र २२, आईतवार

सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको हो।

यो अप्रेसनअन्तर्गत पछिल्लो एक सातामा १८९ जना पक्राउ परेको भट्टराईले जानकारी दिए। ‘मुख्यगरी सार्वजनिक सेवा प्रवाहका नाममा दुःख, हैरानी दिने, सार्वजनिक स्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ,’ उनले भने, ‘यो अभियान जारी छ।’

काठमाडौँका रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने अघि बढाइने उनको भनाइ छ।

यरी देशभर यो अभियान चलाउन परिपत्र गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अविनारायण काफ्लेले बताए। बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुर्व्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिएको डीआईजी काफ्लेको भनाइ छ। सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले बताए।

 

 

रासस

  • Clock icon
    २०८२ चैत्र २२, आईतवार