काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजू राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको छ ।
सरकारी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अगाडि बढाउने क्रममा दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । हाल विदेश भ्रमणमा रहेका देउवा दम्पती हङकङमा रहेको बताइएको छ ।
अनुसन्धानलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय प्रहरी संयन्त्रमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ । यससँगै उनीहरूको सम्पत्तिको स्रोत, लगानी र आर्थिक गतिविधिमाथि विस्तृत छानबिन गरिनेछ ।
सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ ।