रियल म्याड्रिडको उपाधि जित्ने सम्भावना कमजोर

रियल म्याड्रिडको ला लिगा उपाधि जित्ने सम्भावना निक्कै कमजोर भएको छ। जिरोनासँग शुक्रवार १-१ को बराबरीमा रोकिएपछि रियलको स्थिति झन् कठिन बनेको हो।

शनिबार बार्सिलोनाले एस्पान्योल विरुद्ध खेल्नुअघि अंक दूरी ४ मा झार्ने अवसर रियलसँग थियो। तर अल्भारो अर्बेलोआ को टोलीले मालोर्का र बायर्न म्युनिख विरुद्धको हारपछि फेरि निराशाजनक प्रदर्शनलाई निरन्तरता दियो।

पहिलो हाफ खासै रोमाञ्चक भएन। फेडेरिको भाल्भेर्दे ले केही प्रयास गरे पनि पाउलो गाजानिगा लाई सुरुआतमा पराजित गर्न सकेनन्।

र ५१औं मिनेटमा भाल्भेर्देले २५ यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै रियललाई अग्रता दिलाए।
त्यसको ११ मिनेटपछि भने थोमास लेमार ले पेनाल्टी क्षेत्रको किनारबाट उत्कृष्ट प्रहार गर्दै खेल १(१ को बराबरीमा ल्याए।

त्यसपछि रियलले खेलमा दबाब बनायो। तर सफलता मिलेन । ८६औं मिनेटमा किलियन एम्बाप्पेको प्रयासलाई गाजानिगाले रोकेपछि रियल जितबाट वञ्चित रह्यो।

शनिबार बार्सिलोनाले जित हात पारेमा शीर्ष स्थानमा ९ अंकको अग्रता लिन सक्छ। ३१ खेलमा रियलको ७० अंक छ। जिरोना ३८ अंकसहित १२ औं स्थानमा छ।

 

 

एजेन्सी