अस्ट्रेलियामा पहिलोपटक महिला सेना प्रमुख

अस्ट्रेलियाले पहिलोपटक देशको सेना प्रमुख महिलालाई बनाउने निर्णय गरेको छ।

लेफ्टिनेन्ट जनरल सुसान कोयलले आगामी जुलाईदेखि अस्ट्रेलियाको सेना प्रमुखको जिम्मेवारी सम्हाल्नेछिन्।

अस्ट्रेलियाली सरकारका अनुसार कोयलले लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्टको स्थान लिने भएकी हुन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले देशको सेनाको १२५ वर्षको इतिहासमा पहिलोपटक महिलालाई सेना प्रमुख नियुक्त गर्ने भएको अन्तराष्ट्रिय समाचार संस्था न्यूज एजेन्सीले जनाएको छ ।

रक्षामन्त्री रिचर्ड मार्ल्सले यसलाई ऐतिहासिक क्षण भन्दै यो निर्णय महिलाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्।

५५ वर्षीया कोयल १९८७ देखि सेनामा कार्यरत छिन् भने यसबिच उनले धेरैवटा वरिष्ठ पद सम्हालिसकेकी छन्।

हाल अस्ट्रेलियाली रक्षा बलमा महिलाको प्रतिनिधित्व लगभग २१ प्रतिशत छ। यसलाई २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

हालैका वर्षमा सेनाभित्र यौन उत्पीडन र भेदभावको आरोप लागेका बेला यो निर्णयलाई महत्त्वपूर्ण मानिएको छ।

 

एजेन्सी