क्वार्टरफाइनलमा यी ८ टोलीबिच भोलीबाट खेल शुरु

क्वाटरफाइनलका खेल भोली बिहीबार रातिदेखि सुरु हुँदैछन्।
आज बिहानबाट जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको हो।

गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।

फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन्। बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट बाहिरिएका छन्।

गएराति भएको खेलमा अर्जेन्टिनाले इजिप्ट र आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गरेका छन्।

अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग भिड्ने छन्।

क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले स्थान बनाए छन्।

एशियासहित अन्य महादेशबाट जारी विश्वकपको क्वार्टटफाइनमा प्रतिनिधित्व नहुने भएको छ।

जारी विश्वकपको सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि विश्वकबाट बाहिरिएका छन्। त्यसैगरी पाँच पटकको विश्व विजेता ब्राजिल, पोर्चुगल, जर्मनी जस्ता देश पनि प्रतियोगिताबाट बाहिरिएका छन्।