फ्रान्समा खस्कँदो शिक्षा स्तर र महँगीको विरोधमा ठुलो आन्दोलन भइरहेको छ।
यस क्रममा हिजो रातिसम्म शनिबार राजधानी पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ।
लियोन सहरमा एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ भने लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेको बीबीसीले जनाएको छ ।
यस क्रममा प्रहरीले देशभरबाट १ हजार २७२ जनालाई पक्राउ गरेको छ।
बीबीसीका अनुसार फ्रान्सको गृह मन्त्रालयले घटनाको निन्दा गर्दै ‘जानाजानी गरिएको हिंसा’ भनेको छ।
मन्त्रालयले केही प्रदर्शनकारीलाई पसलहरू लुटेको र प्रहरीमाथि आक्रमण प्रयास गरेको आरोप लगाएको छ।
यद्यपि युवा आन्दोलनकारीको एक समूहले बीबीसीसँग आफूहरू अहिंसामा विश्वास गर्ने र ‘परिवर्तन ल्याउन प्रयास गरिरहेको बताएको छ।