सिन्धुपाल्चोकमा विभिन्न समयमा बाढी पहिरो, भूकम्पबाट पिडित सर्वसाधारणसँग उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सोमबार छलफल तथा अन्तरक्रिया गर्दै हुनुहुन्छ ।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ अन्तर्गतका मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रमा २०७८ असार र त्यसपछि आएको लगातारको बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रको संरक्षण र पुननिर्माणका लागि स्थलगत निरिक्षण गर्नुका साथै छलफल गर्ने कार्यक्रम छ ।
सो कार्यक्रममा उक्त निर्वाचन क्षेत्रको निर्वाचित सांसद मोहनबहादुर बस्नेतको पहलमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्का , उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खम बहादुर गर्बुजा, विभागीय सचिव महानिर्देशक लगायतको उपस्थितिमा सिन्धुपाल्चोक जिल्लामा मेलम्चि बाढिले पारेको प्रभाब अहिलेसम्म के के कामहरु भए प्रभाबित छेत्रका जनतालाइ भेटेर अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सांसद बस्नेतले जानकारी दिनुभयो ।