त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयले प्रतिनिधिसभाको आज मंगलबारको बैठक प्रभावित भएको छ ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् ।
विपक्षी सांसदहरूले नारावाजी गर्दै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ ।
त्यसअघि उहाँले माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न समय दिनुभएको थियो । दुवैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समितकिो माग गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गर्नभयो ।