मन्त्रिपरिषदको बैठक शुक्रबार विहान १० बजे बस्ने कार्यक्रम छ । सो बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
सो नीति तथा कार्यक्रमलाई दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।
संघीय संसदको बैठक दिउँसो तीन बजे बोलाइएको छ ।
मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ ।