नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । ८७ वर्षका पाण्डेको हिजो शुक्रबार राति पौने ८ बजेको समयमा काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय पाण्डेको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तीन महिनाअघि क्यान्सर देखिएका पाण्डे घरमै उपचाररत थिए ।
वि।सं। २०४६ सालको आन्दोलनपछि गठित काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उनी अर्थमन्त्री थिए । स्वर्गीय पाण्डे, सुशासन, लोकतन्त्र, विकास र उत्तरदायी राज्य व्यवस्थाका पक्षधर थिए ।
विगतमा झण्डै डेढ वर्ष अर्थसचिव रहेका उनी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पनि थिए । उनले नेपाली तथा अंग्रेजी दुवै भाषामा नेपालको अर्थतन्त्र, विकासका धेरैवटा पुस्तक लेखेका छन् ।
