नीति रिसर्च प्रालि : परिचय
युग कवि मोतीराम भट्टले वि.स. १९४२ देखि १९४५ को समयमा भारतको वाराणसीबाट गोर्खा भारत जीवनको सम्पादन/प्रकाशन गरेर पत्रकारिताको थालनी गरेको प्रसङ्ग नेपाली पत्रपत्रिकाको इतिहासमा उल्लेख छ । यद्दपी यो पत्रिकाको एकप्रति पनि उपलब्ध हुन नसकेकाले त्यसको प्रामाणिकतामा अझै प्रश्न–चिह्न भने छँदैछ । गोर्खा भारत जीवनपत्रिका साप्ताहिक, मासिक वा कति अवधिबीच निस्कने गथ्र्यो-त्यो पनि स्पष्ट हुन सकेको छैन । काठमाडौंबाट मासिक सुधासागर निस्केको देखिन्छ । नेपाली पत्रकारिताको प्रारम्भ-बिन्दु गोर्खापत्रलाई नै मान्नुपर्छ । नेपालको पहिलो समाचारपत्र गोर्खापत्रको प्रकाशन १९५८ साल वैशाख २४ गते सोमबारदेखि सुरु भएको हो । बास्तवमा भन्ने हो भने २०४६ को राजनीतिक परिवर्तन र त्यसपछि सुरु भएको खुला बजारले नेपाली समाज र अर्थतन्त्रलाई गतिशील बनाएको छ ।
पछिल्लो समय सकारात्मक समाचारको अभाव र नकारात्मकताले ठूलो स्थान ओगटेको देखिन्छ । यस अवस्थाले समाजमा निराशा र अविश्वास बढाइरहेको सन्दर्भमा मिडिया, राजनीतिक दल, व्यावसायिक क्षेत्र तथा अनुसन्धान गर्ने संस्थाहरूको भूमिकाप्रति समेत प्रश्न उठिरहेको छ । यही यथार्थलाई आत्मसात् गर्दै नकारात्मकताभित्र पनि सकारात्मक पक्ष खोज्न सकिन्छ भन्ने मूल अवधारणासहित नीति रिसर्च प्रालिको स्थापना गरिएको हो ।
नेपाली पत्रकारिताको ऐतिहासिक यात्राबाट प्रेरणा लिँदै करिब दुई वर्षअघि समान सोच, दृष्टिकोण र प्रतिबद्धता भएका युवाहरूको समूहले सोच, योजना र क्रियाकलापलाई एकीकृत गरी नीति रिसर्च प्रालिको औपचारिक सुरुवात गरेको हो । यस संस्थाअन्तर्गत सञ्चालनमा रहेको नीति ३६५ एक आधुनिक, जिम्मेवार तथा सकारात्मक समाचारमूलक मिडिया प्लेटफर्मसमेत हो ।
नीति रिसर्च प्रालिको प्रमुख उद्देश्य राजनीति, अर्थतन्त्र, शिक्षा, कृषि, सूचना प्रविधि, अन्तर्राष्ट्रिय मामिला, खेलकुद लगायत समाजका सबै क्षेत्रमा तथ्यपरक, अनुसन्धानमूलक र रचनात्मक सामग्रीको खोज, विश्लेषण तथा प्रकाशन गर्नु हो ।
संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सम्मान गर्दै नीति ३६५ जिम्मेवार पत्रकारितामा दृढ प्रतिबद्ध छ । समाजमा आशा, विश्वास र सकारात्मक सोच प्रवाह गर्दै सूचना र अनुसन्धानको माध्यमबाट सार्वजनिक बहसलाई तथ्य र विवेकसम्मत बनाउनु नै यस संस्थाको मार्गदर्शक सिद्धान्त हो ।
नवप्रवद्र्धन, औद्योगिक विकासलाई आत्मासाथ गर्दै विशेष गरि आर्थिक वहसका सामाचारलाई प्राथमिकता दिनेछौं ।