बिपी राजमार्गमा अस्थायी डाइभर्सन सूरू
रामेछाप । बाढीले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । रोशी खोलमा आएको बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएपछि शुक्रबार साँझबाट यातायात सञ्चालन भएको हो । गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्याएको थियो । […]