प्रमुख कार्यकारीको राजीनामा माग्दै केयुकेएलका कर्मचारीले थाले आन्दोलन
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेका छन्। केयुकेएल कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकालका अनुसार, पौडेलले १४ महिनादेखि संस्थामा अवरोध मात्र पुर्याएको र कुनै काम गर्न नसकेकोले उनको राजीनामा माग गरिएको हो। एक हप्ताभित्र राजीनामा नदिए पानी वितरण बन्द गर्ने चेतावनी दिइएको छ। केयुकेएलमा क्रियाशील […]