नेपालमा एक वर्षमा १३ हजार युनिट इभीको आयात, चिनियाँ ब्रान्डको प्रमुख दबदबा
नेपालमा विद्युतीय सवारीहरूको वृद्धि तीव्र गतिमा भइरहेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असार मसान्तसम्म १३,५६९ युनिट इभी (विद्युतीय सवारी) नेपाल भित्रिएका छन्, जसको कुल मूल्य ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशत बढी हो। विभागका अनुसार, यस वर्ष ५० किलोवाट […]