नाडा–अर्थमन्त्री भेट, अटो क्षेत्रमा छलफल
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गर्दै देशको हालको आर्थिक अवस्था, अटोमोबाइल व्यवसायमा देखिएका चुनौती र समाधानका उपायबारे गम्भीर छलफल गरेको छ। छलफलका क्रममा अध्यक्ष चौधरीले देशको शान्ति, सुरक्षा र स्थायित्व बिना व्यवसायीहरूको मनोबल घट्दै गएको उल्लेख गर्दै सरकारले व्यवसायमैत्री नीति अवलम्बन गर्नुपर्ने धारणा राखे। […]