उज्बेकिस्तानविरुद्ध साम्बाको ह्याट्रिक : खेल रौनक
नेपाल र उज्बेकिस्तानबीच जारी महिला एसियन कप छनोट खेल रोचक बनेको छ। पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफको ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै ३–३ को बराबरीमा ल्याएको हो। ७१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। ७३औँ मिनेटमा पुनस् गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी हुन्। खेलको २४औँ मिनेटमा साम्बाले […]