सुरक्षा निकायका लागि १ अर्बमा २३५ नयाँ गाडी खरिद: टाटा, महिन्द्रा र रिडाराले बाजी मारे
सुरक्षा निकायले नयाँ सवारी साधन खरिदका लागि जारी गरेको टेन्डरमा टाटा, महिन्द्रा र जीलीको रिडारा इलेक्ट्रिक पिकअपले बाजी मारेका छन्। जेनजि आन्दोलनमा जलेका र आगामी निर्वाचनका लागि आवश्यक गाडी खरिद गर्न सुरक्षा निकायले कुल १ अर्ब रुपैयाँ खर्च गर्नेछ। टेन्डर अन्तर्गत टाटाको १५० युनिट, महिन्द्राको ७५ युनिट र रिडाराको १० युनिट गाडी छनोट भएका छन्। […]