प्रविधिगत मर्मतले राष्ट्रिय परिचयपत्र सेवामा आंशिक अवरोध, विभागले सेवाग्राहीलाई वैकल्पिक उपाय अपनाउन आग्रह
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूमा आंशिक अवरोध आएको जनाएको छ। विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार, व्यवस्थापन सूचना प्रणाली (MIS) को नियमित मर्मत र क्षमता अभिवृद्धिका लागि प्राविधिक टोलीहरू संलग्न रहेकाले केही सेवा प्रभावित भएका हुन्। सेढाईंका अनुसार, अनलाइन दर्ता, राष्ट्रिय परिचयपत्र वितरण सेवा, विवरण सच्याउने कार्य, सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ताको दर्ता […]