वाङ यीको दिल्ली दौरा : चीन–भारत सम्बन्ध सुधारको संकेत तर मतभेद कायम
चीनका विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणलाई चिनियाँ सरकारी सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ कभर गरेका छन्। भ्रमणका क्रममा वाङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेका थिए। सीमा विवाददेखि लिएर ग्लोबल साउथसम्मका विषयमा छलफल भए पनि दुवै देशले सार्वजनिक गरेका बयानमा फरक–फरक धारणा प्रकट भएका छन्। […]