काठमाण्डौ महानगरको निर्णय : भदौ २६ गतेसम्म विद्यालय बन्द गर्छौं
काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाईते भएका छन् ।