काठमाडौंमा मापदण्डविपरीतका २७१ पानी जार नष्ट
बर्खायाममा पानीजन्य रोगको जोखिम बढेसँगै काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्रता दिएको छ। पछिल्लो एक हप्तामा मात्र विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा पानी जार बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ। महानगरको अनुगमनको जिम्मा लिएका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा १३९ वटा गाडी जाँच गर्दा ४५६ […]