कवाडी व्यवसायीले काठमाडौं महानगर कार्यालय घेराउ गर्ने घोषणा
विगत दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन्। कवाडी व्यवसायी समाज नेपालले प्रेस विज्ञप्ति जारी गर्दै महानगरको ‘अन्यायपूर्ण ज्यादती’ विरुद्ध आजदेखि आन्दोलन सुरु गर्ने बताएका छन्। व्यवसायी तथा सङ्कलक मजदुरहरूले आज साढे १२ बजे महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन्। उनीहरूले […]