तीजमा स्वदेशी वस्तुको उपयोग गर्न आग्रह, भण्डारीको स्पष्ट सन्देश
चाडपर्वका अवसरमा नेपाली उत्पादनलाई प्राथमिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबैलाई आग्रह गरेका छन्। तीजको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित २२औं श्रृजनशील उद्यमी मेला–२०८२ को उद्घाटन गर्दै उनले स्वदेशी उत्पादनको प्रयोगलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गरेका थिए। मन्त्री भण्डारीले विशेषगरी नेपाली महिलालाई स्वदेशी पहिरन र सामग्रीको प्रयोगमा जोड दिनु पर्नेमा बल […]