गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि गुल्मीस्थित कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–६ बर्लवामा पहिरो खसेर अवरुद्ध भएको सडकमा अझै गाडी चल्न सकेका छैनन्। जिप्रहरीका अनुसार माथिबाट खसेको ठूलो पहिरोले करिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको छ। अहिले पनि त्यहाँ पहिरो खसिरहेको छ। पहिरो खस्न रोकिएपछि मात्रै सडकको अवरोध हटाउने तयारी भएको छ। पहिरोमा रोकिएका सवारी […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            