काकडभिट्टा मार्फत कृषिजन्य वस्तु निर्यात १.३२ अर्ब, आयात १.६९ अर्ब
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा काकडभिट्टा भन्सार नाकाबाट कृषिजन्य वस्तु निर्यात १ अर्ब ३२ करोड रुपैयाँको भएको छ। काकडभिट्टास्थित वनस्पति क्वारेन्टाइन तथा पेस्टीसाइड व्यवस्थापन केन्द्रका अनुसार मुख्य निर्यात वस्तुहरूमा कालो इलाइची, चिया, प्लाइ, अदुवा, झाडु घाँस लगायतका वस्तु समावेश छन्। केन्द्रका सूचना अधिकृत सन्तोष थापाका अनुसार सबैभन्दा बढी आम्दानी चियाबाट भएको छ। साउन […]