वैदेशिक रोजगारीमा ठगीका उजुरी ५ हजार नाघ्यो
वैदेशिक रोजगारीको नाममा ठगी सम्बन्धी उजुरीको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्षको साउन महिनासम्म मुद्दा तथा अनुसन्धान शाखामा ५ हजार ५५४ वटा उजुरी दर्ता भएका छन्। विभागका तथ्याङ्कअनुसार, गत वर्ष ठगीका ४ हजार ९७४ उजुरी प्राप्त भएका थिए। साउन महिनामा मात्रै ५८० उजुरी थप भएको […]