दुगुनागढी किल्ला: इतिहास र पर्यटनको आकर्षक गन्तव्य
भोटेकोसी गाउँपालिका–३ लिस्तिकोटस्थित ऐतिहासिक युद्धकिल्ला दुगुनागढीमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो बढ्दो छ। विसं २०७२ को विनाशकारी भूकम्पले भत्किएको यो किल्ला नेपाल–चीन सिमाना नजिक, नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको हो। करिब २०० रोपनी क्षेत्रमा फैलिएको दुगुनागढी समुद्री सतहबाट २,२०० मिटर उचाइमा अवस्थित छ। स्थानीय र पर्यटकहरू दुगुनागढीमा पुगेर इतिहास अध्ययन, गाउँले परिवेशमा रमाइलो […]