कोशी प्रदेशको पहिलो घुम्ती अस्पताल सञ्चालनमा
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै यो सेवालाई गाउँ–गाउँसम्म विस्तार गरिने बताए । महामारी फैलिँदा तथा आकस्मिक स्वास्थ्य संकटका बेला तत्काल सेवा पु¥याउन घुम्ती अस्पताल प्रभावकारी हुने विश्वास रहेको […]