दाँत कोट्याउने सिन्कामा पनि करोडतर्फ आयात
नेपालीले दाँत कोट्याउन प्रयोग गर्ने सानो सिन्का (टुथपिक)मै पाँच महिनामा २८ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्म नेपालमा २४ हजार २६६ केजी टुथपिक आयात भएको छ, जसको मूल्य २८ लाख ५ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा टुथपिक आयातबाट सरकारले ३२ लाख ८ […]