भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरूको काम पुनः सुरु
भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरूले आफ्नो गतिविधि पुनः सुरु गरेका छन्। जिल्ला समिति अध्यक्ष रमेश पाण्डेका अनुसार, सर्वोच्च अदालतले सरकारको आयोग विघटन गर्ने निर्णय खारेज गरेपछि जिल्ला स्तरमा काम पुनः सक्रिय भएको हो। जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिँह धामी र प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा बसेको बैठकले स्थानीय तहलाई पत्राचार गरेर भूमिहीन दलित, […]