म्युचुअल फन्डको लाभांश वर्ष: केहीले १९ प्रतिशत सम्म घोषणा
नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु भएसँगै पूँजी बजारमा लाभांश सिजनको सुरुवात भएको छ। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट म्युचुअल फन्डहरूले आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म करिब आधा दर्जन म्युचुअल फन्डहरूले लाभांश घोषणा गरिसकेका छन्, जसले लगानीकर्तामा उत्साह थपेको छ। विशेषगरी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत सञ्चालित तीनवटा फन्डहरूले उच्च लाभांश घोषणा गरेका […]