मुस्ताङमा हिउँ चितुवाको आक्रमणले एकै किसानको १९ वटा भेडा–च्याङ्ग्रा मारिए
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ। परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्। गोठभित्रै भएको यो आक्रमणसँगै करिब रु ५,७०,००० बराबरको आर्थिक क्षति भएको उनले बताए । […]