‘अपर अरुण’मा स्वदेशी लगानीको ठूलो बाटो खुल्दै
माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा (१,०६३ मेगावाट) स्वदेशी पूँजी परिचालनलाई प्राथमिकता दिँदै नेपाल विद्युत प्राधिकरण (नेपाल–ईए) अगाडि बढेको छ। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने यो राष्ट्रिय महत्वको आयोजनामा गैरआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्रै १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर छुट्याइने प्रस्ताव गरिएको छ। २ खर्ब ३९ अर्ब लागतको […]