राष्ट्रिय भवन संहिता लागू, भूमिगत संरचना निर्माणमा पनि अनिवार्य
राष्ट्रिय भवन संहिता गजेठ प्रकाशित भएसँगै बिहीबारदेखि औपचारिक रूपमा लागू भएको छ। भवन निर्माण प्रक्रियालाई सुरक्षित, दिगो र व्यवस्थित बनाउन सरकारद्वारा तयार पारिएको यो संहिता अब सबै तहमा बाध्यकारी बनेको हो। सहरी विकास मन्त्रालयका अनुसार भवन संहिता अब केवल घर–घरको संरचनामा मात्र सीमित रहने छैन। संहिताले बाँध, पावरहाउस, सुरुङ जस्ता जलविद्युत परियोजनाका भूमिगत संरचनाहरू निर्माणका […]