लिपुलेक विवादमा नेपाल ‘कूटनीतिक फन्दा’मा
शाङ्हाई सहयोग संगठन (एससिओ) सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको मुद्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष उठाएपछि यो विषय अब सदाका लागि निष्क्रिय बन्ने अवस्था सिर्जना भएको कूटनीतिक जानकारहरूको ठहर छ। परराष्ट्र सचिव अमृतबहादुर राईले चीनबाटै जारी गरेको सन्देशमा प्रधानमन्त्रीले महाकालीदेखि पूर्वको भूभाग नेपालको भएको दाबी गर्दै भारत–चीनबीचको सम्झौता कार्यान्वयन नगर्न आग्रह गरेको बताएका थिए। […]