राष्ट्रिय सभाको बैठक ४ महिनापछि, बलदेव बोहराको सम्मानमा शोक प्रस्ताव पारित
राष्ट्रिय सभाको बैठक साढे चार महिनापछि आइतबार सिंहदरबारमा बस्यो। भदौ १७ गतेपछि पहिलोपटक बसेको बैठक ७ मिनेट चल्दा माघ ९ गते पुनः बस्ने गरी स्थगित गरिएको छ। बैठकको प्रमुख कार्यवलीमा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गर्नु रहेको थियो। कांग्रेसका सांसद बोहराको पुस ३० गते निधन भएको थियो। राष्ट्रिय सभाले शोक प्रस्ताव […]