आर्थिक रूपान्तरणको प्रारम्भ: नयाँ वर्षसँगै नीति कार्यान्वयन र कर संरचना लागू
काठमाडाैं, १ साउन । नेपालमा आजबाट आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै मुलुकको आर्थिक प्रणालीले नयाँ अध्याय आरम्भ गरेको छ। सरकारले सार्वजनिक गरेका नीति, कार्यक्रम र बजेट अब व्यवहारमा रूपान्तरण हुँदैछन्। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। […]