जेनजी आन्दोलनपछि अदालतका लागि अस्थायी भवन प्रयोगमा सहमति
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त काठमाडौं जिल्ला अदालतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो कार्यालय भवनको एक भाग अस्थायी रूपमा प्रयोग गर्न दिने सहमति दिएको छ। यो निर्णय प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको संयुक्त बैठकमा प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालत प्रतिनिधिमण्डलबीच भएको हो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको सेवा अवरुद्ध नहोस् भनेर […]