सिटी होटलको हकप्रदमा आवेदन अवधि असोज २६ सम्म
सिटी होटल लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने समय थपिएको छ। अब लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो। सिटी होटलले कायम १० कित्ता शेयर बराबर ८ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको यो हकप्रदमार्फत १ अर्ब ३३ […]