टाटाको विद्युतीय छलाङ, पञ्च ईभी २०२६ सार्वजनिक
काठमाडौँ । अटोमोबाइल उद्योगमा कहिलेकाहीँ यस्ता मोडल सार्वजनिक हुन्छन्, जसले केवल नयाँ गाडी मात्र होइन, भविष्यको दिशा नै संकेत गर्छन्। भारतीय अटो निर्माता Tata Motorsले सार्वजनिक गरेको ‘टाटा पञ्च ईभी २०२६’ यस्तै दूरदर्शी कदमका रूपमा हेरिएको छ। यो मोडल पेट्रोल गाडीको सामान्य विद्युतीय रूपान्तरण होइन, बरु शुद्ध विद्युतीय प्लेटफर्ममा तयार गरिएको नयाँ पुस्ताको सवारी हो। […]