मन्त्रीहरुको धमाधम घुस काण्ड बाहिरिँदै फेरि सहकारी मन्त्रीको राजीनामा माग
७८ लाख घुस डिलमा तानिएपछि संघीय मामिलामन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताले बिचौलियासँगको अडियोमा भनेका थिए, ‘बलरामले पैसा खाइसक्यो, उसले काम गर्दैन’ । गुप्ताले यसरी अचानक बलराम अधिकारीको नाम पोलेपछि धेरैले उनको आलोचना गरे । अधिकारीले पनि त्यसबारे टिप्पणी गर्दै भने– जुन औंलामा बिख हुन्छ, त्यही औंला झर्छ । नभन्दै गुप्ताले मन्त्री पदबाट राजीनामा दिए । […]