कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिकाको स्वदेश फिर्ती
कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ आज मंगलबार काठमाडौं आइपुग्नुभएको छ । एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेको सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईलगायत नेसनल कराँते टिमका सबै खेलाडीहरुले एरिकालाई स्वागत गर्नुभएको हो । मोरक्कोको […]